सोसल मिडिया
युनिकोड
रौतहट–४ बाट चुनाव लडेका ऋषिराज धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् । ईन्धनमा भने २ लाख ४६ हजार खर्च भएको छ ।
उनले जम्मा ६५५ मत ल्याएका थिए । उनले गरेको खर्च र प्राप्त मतको गणितले उनले एक भोटका लागि १९३१ रुपैयाँ लगानी गर्नुपरेको छ ।