कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंगलाई चाहियो गगनको राजीनामा 

बुधबार, फागुन २७, २०८२

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको जिकिर गर्दै थापाको राजीनामा माग गरेका हुन्।

उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए। ‘विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ। फेरि उठनु छ। मैले भनिसके–हामीमा एकता हुनुपर्‍यो। त्यो एकता भएन। विशेष महाधिवेशनको कारणले हारियो। गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो’, उनले भने।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्