रास्वपालाई बधाई दिंदै कुलमानले भने के-के ?

मंगलबार, फागुन २६, २०८२

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भए पनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन् ।

पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको कुलमानको भनाइ छ ।  उनले भनेका छन्, ‘छोटो समयमै तपाईँहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठुलो ऊर्जा र मार्गदर्शन बनेको छ । चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ । जनताको परिवर्तन र आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्