पूर्व सामान्य प्रशासन मन्त्री भगवतीको तनहुँमा जमानत जफत

सोमबार, फागुन २५, २०८२

तनहुँमा पूर्वमन्त्रीकै जमानत जफत भएको छ । नेकपा (एमाले)बाट तनहुँ–१ मा प्रतिस्पर्धामा होमिएकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको हो । न्यौपाने ओली सरकारी सामान्य प्रशासन मन्त्री हुन्। 

निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशतभन्दा मत प्राप्त गर्ने उमेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । तनहुँ–१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९ मत सदर भएको थियो । जेनजी आन्दोलनको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेकी भगवतीले पाँच हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ ।

यो क्षेत्रमा उमेदवारी दिएका १६ मध्ये दुईजनाले मात्रै धरौटीबापतको रकम फिर्ता पाउनेछन् । निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले र उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले उमेदवारी दर्ता गर्दा जम्मा गरेको जमानतबापतको रकम फिर्ता पाउनेछन् । स्वर्णिमले ३८ हजार ४० र भट्टराईले १६ हजार २३१ मत पाए ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्