सोसल मिडिया
युनिकोड
२१ फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७६ प्रतिशत सिट जितेको छ । १६५ क्षेत्रमध्ये १२५ सिट जित्दै रास्वपाले परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपादेखि मधेसवादी दलहरूको २०४८ सालयतको वर्चस्व तोडेको हो ।
२०७९ मा रास्वपा प्रत्यक्षमा ८ र समानुपातिक १३ गरी २१ सिट जितेर चौथो शक्ति भएको थियो । तर यसपटक पुराना दललाई धेरै पछाडि छोड्दै आफूलाई दुई तिहाइको शक्तिमा उभ्याएको छ ।
समानुपातिकतर्फ पनि रास्वपा ६० हाराहारी सिट जित्ने अवस्थामा देखिएको छ । समानुपातिकमा ६० सिट जिते रास्वपाले दुई तिहाइ सिट जित्नेछ । प्रत्यक्षमा रास्वपाले ११७ सिट थपेको छ । तर, कांग्रेसले ३९ सिट गुमाएको छ । एमालेले ३६ सिट गुमाएको छ । अघिल्लोपटक ८९ सिट जितेको कांग्रेस प्रत्यक्षमा १८ सिटमा खुम्चिएको छ ।
अघिल्लोपटक ७९ जितेको एमालेले ८ सिट जित्दा एक सिटमा अग्रता लिइरहेको छ । अघिल्लोपटक १८ सिट जितेको माओवादी यसपटक ७ सिटमा सीमित भएको छ । सात सिट नै जितेको राप्रपाले यसपसटक १ सिट मात्रै जितेको छ ।
प्रत्यक्षतर्फ संखुवासभा र धनुषा १ को नतिजा आउन बाँकी छ । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।