सोसल मिडिया
युनिकोड
गोरखा क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।