रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी निर्वाचित

आइतबार, फागुन २४, २०८२

प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। बुढाथोकीले २४ हजार ८ सय ८ मत सहित निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका माधव ढुंगेलले १७ हजार ६ सय ९ मत प्राप्त गरेका छन्। 

प्रतिद्वन्द्वी ढुंगेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गर्दै बुढाथोकी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गर्दै दोस्रो र नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले  १३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्