सोसल मिडिया
युनिकोड
सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँगको मतान्तर घटाएका छन् । यसअघि आठ हजार भन्दा धेरैको मतान्तरलाई गगनले अहिले ७ हजार ८ सय १३ मा झारेका छन् ।
पछिल्लो परिणामअनुसार सिंहले २२ हजार ८ सय ६६ तथा थापाले १५ हजार ५३ मत पाएका छन् । अहिलेसम्म ५१ हजार ४ सय १६ मत गणना भएको छ । ३ हजार १ सय ९ मत बदर भएको छ ।