बालेन चढेको हेलिकप्टर झापामा ल्याण्ड हुन नसकेपछि फर्कियो काठमाडौँ 

बिहीबार, फागुन २१, २०८२

मौसम प्रतिकुलताका कारण रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।

हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ । बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २५ प्रतिशत मतदान भएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्