उदयपुरमा प्रहरीकै हतियारबाट गोली चल्यो, मतपेटिकामा क्षति

बिहीबार, फागुन २१, २०८२

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ। गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति पुगेको एक प्रहरी अधिकारीले जानकारी दिए।

मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिकामा क्षति पुगेको हो।

तर, त्यहाँको अवस्था अहिले सामान्य रहेको पनि प्रहरीको दाबी छ।

प्रहरी प्रधान कार्यालयले कमान्डरहरूलाई हतियार बोकेका कर्मचारीलाई हतियार ह्यान्डलिङको बारेमा ब्रिफिङ र सुरक्षाको बारेमा निर्देशन दिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्