सोसल मिडिया
युनिकोड
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
निर्वाचन हुनु एकदिन अगाडि डाकिएको बैठकले सुरक्षा रणनीति थप प्रभावकारी बनाउने बुझिएको छ ।