सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरिएको जनाएको छ।
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले कुनै पनि दलसँग गठबन्धन नगरिएको बताए। एमाले देश बनाउने संकल्पका साथ चुनावी अभियानमा होमिएको शाहीको भनाइ छ।
एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएको शाहीको आरोप छ। निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गर्दै उनले भने, ‘नेकपा (एमाले) सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ।’