मुलुक हेटौँडा सिमेन्ट उद्योग जस्तै भएको बालेनको टिप्पणी 

शुक्रबार, फागुन १५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुक हेटौँडा सिमेन्ट उद्योग जस्तै भएको टिप्पणी गरेका छन् । “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । उद्योग, स्रोत-साधन पनि छ । तर, बन्द छ," बालेनले भने, "त्यो चल्नुपर्‍यो ।"

चितवनले देशलाई पर्यटन प्रवर्द्धन सिकाएर विश्वलाई सिकाउनुपर्ने उनले बताए । “चितवनले देशलाई टुरिजम प्रमोसन सिकाउने चितवन बन्नपर्छ । विश्वलाई सिकाउने होइन त ?,” बालेनले भने ।

उनले एउटा जिल्लामा भएको समस्याको अर्को जिल्लामा समाधान भेटिएको उनले बताए । “म देशमा ४५, ५० जिल्लामा घुमियो । देशभरिका समस्याहरू उस्ता–उस्तै रहेछन् । कृषि लगायतका थुप्रै समस्या छन्," बालेनले भने, "तर, सम्भावना पनि रहेछ । एउटा जिल्लामा भएको समस्या अर्को जिल्लामा समाधान हुने रहेछ ।”

उनले चितवन कोल्डस्टोरको हब बन्न सक्ने बताए । “कोल्डस्टोरको हब बन्न चाहन्छ चितवन," बालेनले भने, "बर्खामा बिजुली बत्ती बढी हुन्छ । तर, हिउँदमा आफैँलाई बत्ती पुग्दैन । यो समस्या समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।”

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्