सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रञ्जित तामाङलाई झापा निर्वाचन क्षेत्र नम्बर-५ कसैलाई नछाड्ने जानकारी गराएका छन्।
फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा झापा-५ मा नेकपाले नेकपा एमालेलाई सहयोग गर्नेजस्ता विषय बाहिरिएको समयमा प्रचण्डले कसैलाई नछाड्ने जानकारी गराएका हुन्। तामाङसँग फोनमा कुराकानी गर्दै प्रचण्डले झापा -५ मा कसैलाई नछाड्ने र बाहिर आएका हल्लाहरू सबै अफवा रहेको जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए।
बस्नेत तामाङका चुनाव प्रचारप्रसार समितिका सदस्य हुन्। झापा-५ मा रञ्जितसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिष्पर्धामा रहेका छन्।
बालेनलाई हराउने गरी नेकपा र एमालेबीच चुनावी तालमेल हुनसक्ने विषय बाहिरिएपछि प्रचण्ड चुनावी तालमेल नहुने विषय जानकारी गराएका हुन्।