सोसल मिडिया
युनिकोड
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौति नदेखिएको निष्कर्ष निकालेको छ ।
निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौति नदेखिएको निष्कर्ष निकालेको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा निर्वाचनका लागि आउनसक्ने सुरक्षा चुनौति र त्यसलाई उचित समाधान गर्ने विषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।