निर्वाचन क्षेत्रकै अस्पतालमा घन्टीकी उम्मेदवार दर्शनाले छोरो जन्माएर गरिन् छोराकै दर्शन

मंगलबार, फागुन १२, २०८२

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ। मंगलबार बिहान काठमाडौँस्थित सिभिल अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन्।

आमा र छोराको स्वास्थ्य सामान्य रहेको छ। उनी गर्भावस्थामै चुनावी घरदैलोमा व्यक्त रहेकी थिइन्। फागुन २१ को निर्वाचन आउन ९ दिन बाँकी रहँदाले उनलाई पत्रलाभ भएको छ।

गर्भावस्थाका कारण चुनावी प्रचार गर्न नसकिने अवस्थालाई मध्यनजर गर्दै उनी रास्वपाको समानुपातिक सूचीमा बस्न तयार भए पनि विवाद भएपछि उनी प्रत्यक्षमा उठेकी हुन्।

बिहानमात्र दर्शनाले फेसबुकमा भिडियो सन्देशमार्फत आफ्नो लागि आज विशेष दिन रहेको बताएकी थिइन्। उनलाई अहिले बधाई आइरहेको छ।

काठमाडौँ-१ मा दर्शनासँगै कांग्रेसबाट प्रबल थापा, एमालेबाट मोहनराज रेग्मी, राप्रपाबाट रवीन्द्र मिश्र र नेकपाबाट मेनुका भण्डारी (कृतु) प्रतिष्पर्धामा छन्।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्