सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन् । आइतबार झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, "एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे ! प्रधानमन्त्री बनाउने रे ! यो देश मजाक गर्ने ठाउँ हो ?" यस्तै, उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं.५ मा ओली र बालेन प्रतिस्पर्धा गर्दैछन् । दुवै आ-आफ्नो पार्टीबाट प्रधानमन्त्रीका दाबेदारसमेत हुन् ।