चुनाव भाँड्न रास्वपाको रुची भएको एमालेले गरिदियो ठहर 

शनिबार, फागुन ९, २०८२

नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ । शनिबार (फागुन ९) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन भाँड्न देशका विभिन्न जिल्लामा दलहरूको झन्डा र चुनाव चिह्न जलाउनेलगायत कार्य गरिएको आरोप लगाइयो ।

आमनिर्वाचन, २०८२ मा एमालेका प्रेस संयोजक रहेका मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोज्दै छ ।”

निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुँदै आएको उनले उल्लेख गरेका छन् । “अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरणहरू हुन्,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्