राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिन उधूमले मनाईयो 

बिहीबार, फागुन ७, २०८२

नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ ।

यो दिवसले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा मार्च पास, झाँकी, सांस्कृतिक नृत्य तथा साङ्गीतिक धुनहरू प्रस्तुत गरिएका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्