दुई रात हिरासतमा सुताएर दुर्गा प्रसाईलाई प्रहरीले घरै पठायो

आइतबार, माघ २५, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेकाे हाे ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई रात हिरासतमा बसेर छुटेका हुन् ।  

निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युत्तिय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।

पक्राउ पर्नुअघि प्रसाईंले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको खुलेको छ । उच्च सुरक्षा अधिकृतका अनुसार माघ २२ मा प्रसाईं र ओलीको बिचमा भक्तपुरमा भेटवार्ता भएको थियो । ओलीसँग भेटेपछि बीरगञ्जमा कार्यक्रम गर्न भनेर प्रसाई पर्सा जाँदै थिए ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्