नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको भन्दै प्रधानमन्त्री भईन खुसी 

आइतबार, माघ २५, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले जित र हार खेलको नियम भएकाले त्यसमा धेयान नदिई खेलको प्रदर्शनलाई महत्त्व दिनुपर्ने बताए ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा सेट ब्याटर लोकेश बम क्रिजमा रहँदा पनि जित निकाल्न सफल भएन ।

प्रधानमन्त्री कार्कीले भने, “जित–हार खेलको नियम हो। तर हामीले कसरी खेल्यौं, त्यो महत्वपूर्ण छ । आज नेपाली टोलीको प्रदर्शन साँच्चै तारिफयोग्य छ । आशा अझै बाँकी छ।”

उनले बालुवाटारस्थित निवासमै बसेर खेल प्रत्यक्ष हेरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्