सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ट उपाध्यक्ष समेत रहेका काठमाडौँ क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रलाई एक माथि अर्को खड्गो थपिंदै गएको छ। आफ्ना भनिएका र आफैं संग जोडिएका केन्द्रीय स्तरका नेताले धमाधम पार्टी परित्याग गर्न थालेपछि मिश्रको चुनाव जित्ने अभियानमा तातोपानी खन्याईएको छ।
मिश्र काठमान्डू-१ मा तेश्रो पटक चुनावी मैदानमा होमिएका बेला उनै संग साढे तीन वर्ष अगाडी राप्रपा प्रवेश गरेका सौरेन्द्र बहादुर शाहले राप्रपाको सहायक महामन्त्री बाटै राजीनामा दिएका छन्। शाह भन्दा अगाडी मिश्र संगै राप्रपामा भित्रिएका चोकराज घिमिरेले पनि पार्टी त्यागिसकेका छन्। चोकराज रवीन्द्र हराउने अभियानमा जुटेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई जिताउन भन्दै मत मागेर हिड्न थालिसकेका छन्।
तेश्रो प्रयासमा निर्वाचन जित्ने सुनाउंदै चिया पसल र जीमखाना चाहर्दै हिडेका मिश्रलाई भने चुनाव नहुँदै आफ्नैले तोरीको फूल देखाईदिएका छन्। उनले विश्वास गरेका र उनको चुनावी अभियानमा हिडेका धेरै कांग्रेस उम्मेदवार थापाका मान्छे भएको बुझिएको छ। सोडा हाल्दा सर्लक्कै फुल्ने स्वभावका मिश्रलाई आफ्नै भन्नेले बन्ध्याकरण गर्ने बुझिएको छ।
पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शाहले पदबाट राजीनामाको घोषणा गरेपनि उनले मिश्रकै कारण पार्टी छोडेको एक अर्का नेताले बताएका छन्। मिश्रकै कारण केहीअघि राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए ।