नेपालले गर्यो दुई खेलको सिरिज क्लिन स्वीप

आइतबार, जेठ १३, २०८१

नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गर्‍यो। 

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए। 

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो। कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए। ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे। गुलशन झा १४ रनमा आउट भए।  सन्दीप जोरा र सोमपाल कामीले  १२/१२ रन बनाए।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

नेपाल पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपाल अव डालास जानेछ। नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्