सोसल मिडिया
युनिकोड
आफूलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग तुलना गर्दै दोस्रो हारपछि तेस्रो पटकमा काठमाण्डौ १ बाट सांसद हुने सपना देखेका रवीन्द्र मिश्रलाई तेश्रो पटकको उम्मेद्वारी झन् झन् फलामको च्यूरा बन्दै गएको छ ।
साझा पार्टी खडा गरेर राजनीतिमा उधुमै गर्ने ताकमा पत्रकारिता त्यागेका उनले सो पार्टी चलाउन नसकेर राप्रपामा ओत लाग्न पुगेका थिए । एक पटक आफ्नै पार्टीबाट र त्यसपछि निरन्तर दुईपटक राप्रपाबाट उम्मेद्वार बनेका उनले जित्न भने सकेका छनैन् ।
फागुन २१ गते हुने निर्वाचनमा जित निकाल्न हिँडेका उनलाई आफ्नै भित्रिया भनेर चिनिएकाले भने दिनहुँ उनलाई पिठ्यूँ फर्काइरहेका छन् ।
उनी सँगै राप्रपा प्रवेश गरेका चोकराज घिमिरेले त राप्रपाको केन्द्रीय सदस्य त्यागेर मिश्र हराउने गतिबिधिलाई तीब्र पारेका छन् । उनले कांग्रेसका उम्मेद्वार प्रबल थापालाई भोट माग्न थालिसकेका छन् ।
अघिल्लो निर्वाचनमा पराजित उम्मेद्वार रमेश खरेल पनि काँगेसका उम्मेद्वार थापाकै पक्षमा खुलेका छन् । केही समय अघिसम्म बनेको मिश्रको माहौल जति चुनाबको मिती नजिकियो उति ओरालो लाग्दो छ ।
राप्रपाको एउटा जब्बर टीम मिश्रलाई तोरीको फूल देखाउने अभियानमा छ । चिया पसलमा मिश्रको चर्चा भएपनि उनी रक्षात्मक अवस्थामा पुगेको शंखमूलका एक मतदाताले बताए ।
निर्वाचनको नतिजा सार्वजनिक हुदाँ यसअघिको पराजयमा दोस्रो भएका मिश्र तेस्रो हुनसक्ने लख ती मतदाताले काटेका छन् ।