जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सुशीला कार्की आतुर

सोमबार, माघ १९, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा निर्वाचन गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन्।

उनले भनिन्, ‘तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्विसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन यो सरकार आतुर रहेको व्यहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु।’

आफू पदको लालसा लिएर प्रधानमन्त्री नभएको उनको भनाइ थियो। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देशलाई संकटबाट बचाउन युवा पुस्ताको आग्रह तथा राजनीतिक दलहरू र राष्ट्रपतिसँगको छलफलका आधारमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताइन्।

उनले भनिन्, ‘म कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएकी होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र सम्माननीय राष्ट्रपतिज्यूसँगको छलफलका आधारमा विषम परिस्थितिमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ।’

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्