ओलीलाई प्रचण्डले फेरि संगै स्वर्ग जाने प्रस्ताव राखे, प्रचण्डले बटारे मुन्टो 

सोमबार, माघ १९, २०८२

नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्न नेकपाका संयोजक प्रचण्डलाई  प्रस्ताव गरेको समाचार बाहिरिएको छ। 

ओलीले ‘प्रचण्ड’ र सह-संयोजक माधव नेपाललाई फोनमार्फत चुनावी तालमेलको प्रस्ताव गरेका हुन्। फागुन २१ गतेका लागि तोकिएको चुनावको मिति नजिकिएसँगै दलहरुले तयारी तीव्र पारेका छन्।

देशभर एमाले, नेकपा, कांग्रेस र रास्वपाबीच चौपक्षीय प्रतिस्पर्धासँगै केही क्षेत्रमा अरु दलहरूसमेत प्रतिस्पर्धामा रहेका अवस्थामा ओलीले चुनाव तालमेलका लागि हात अघि बढाएका हुन्।

नेकपाले भने ओलीको प्रस्तावलाई अस्वीकार गरेको छ। ओलीले प्रचण्डलाई फेरि एकपटक संगै स्वर्ग जान आग्रह गरेको चर्चाले राजनीतिक माहौल तातिएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्