बालेन हेर्न जानेको भीडमा हाईहाई, बालेनले भेला गरेको भीडमा लुटेराको चाँदी कटाई 

शुक्रबार, माघ १६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) सहभागी सुदूरपश्चिमका कार्यक्रमहरूमा भीडको फाइदा उठाउँदै सुनका सिक्री लुट्ने गिरोह सक्रिय भएको पाइएको छ । बुधबारदेखि यता कञ्चनपुरको झलारी र अछामको साँफेबगरमा गरी कम्तीमा ४ जनाको सिक्री लुटिएको छ ।

कञ्चनपुरमा बुधबार मनोज चौधरी र सञ्जीव मल्लसहितका व्यक्तिहरू लुटिएपछि प्रहरीले सीसीटीभीमार्फत खोजी सुरु गरेको थियो । बिहीबार अछामको साफेबगर –४ नजिक आयोजित चुनावी भेटघाट कार्यक्रम्मा एक महिलाको सिक्री लुट्ने प्रयास गर्दा पर्साका ३१ वर्षीय उमेस राय रङ्गेहात पक्राउ परेका छन् ।

उनको साथबाट एउटा सिक्री बरामद भएको छ भने अछाममा मात्रै ६ तोला भन्दा बढी सुन चोरी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्स्पेक्टर दानसिंह भण्डारीले चार जनाको सिक्री लुटिएकाे र अर्को चोर्ने क्रममा १ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

बालेनको कार्यक्रममा हुने ठुलो भीडलाई लक्षित गरी यो पेशेवर गिरोह पछि–पछि हिँड्ने गरेको पाइएको उनले बताए । सिसिटीभी फुटेजमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको पाइएको र बाँकी सदस्यहरूको खोजी भइरहेको अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्