सोसल मिडिया
युनिकोड
सरकारले प्रहरीको रासन रकम बढाउने गरेको निर्णयले प्रहरी कर्मचारीको मनोबल बढेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकम बढाउने नियर्ण गरेको थियो । सोही नियर्णपछि आईजीपी कार्कीले सरकारको निर्णयले संगठनका पुरै कर्मचारीको मनोबल बढेको जनाएका हुन् ।
सरकारले आगामी फागुन १ गतेदेखि लागुहुने गरी रासन स्केल र दैनिक रकम वृद्धिको निर्यण गरेको थियो ।
सरकारको उक्त निणर्यले प्रहरीका कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण र आत्मसम्मानको अनूभूति, कार्यक्षमता र कार्य प्रभावकारितामा सुधार हुुने अपेक्षा रहेको आईजीपी कार्कीले बताएका छन् ।
यो सँगै प्रहरी मनोबल र अनुशासन, प्रहरी कर्मचारीहरूको पोषण र स्वास्थ्यमा सुधार, संगठनिक छविमा समेत प्रभाव पर्ने आईजीपी कार्कीको भनाइ छ ।
सरकारको उक्त निर्णयले वर्षौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन भएको पनि आईजीपी कार्कीले बताए ।
कार्कीले भनेका छन्,‘‘दैनिक आहार र पोषणको औसत आवश्यकताको सन्दर्भमा मेरो भरपुर प्रयासले रासनको सन्दर्भमा देखिएको विवाद अन्य भएको छ । यसले संगठनका सकलदर्जा सबैको मनोबल बढेको छ ।’’
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच रासन भत्ता फरक–फरक थियो । प्रहरीले यसअघि विभिन्न फरक–फरक जिल्लाको आधारमा ६ हजारदेखि २५ हजार रुपैयाँसम्म रासन भत्ता पाउने गरेका थिए ।
सरकारले यसमा १० प्रतिशत वृद्धिको निर्णय गरेको छ । अब फागुनदेखि न्युनतम बुझ्दै आएको रासनको १० प्रतिशत वृद्धि हुनेछ । नेपाली सेना र सशस्त्र प्रहरी बलका कमचारीले भने यसअघि देखि नै यही रासन भत्ता बुझ्दै आएका थिए ।
कति बढ्यो नेपाल प्रहरीको रासन भत्ता ?
प्रहरीले दैनिक पाउने रासनको क्यालरी बढाएको हो। यसअघि दैनिक ४ हजार ३०.५ क्यालरी बराबरको रासन पाउने गरेका थिए भने अब यसलाई बढाएर प्रतिदिन ४ हजार ३६४ क्यालरी बराबरको रासन पाउनेछन्।
यसरी पाउने रासनवापतको रकम पनि बढाइएको छ। रासनवापतको रकम जिल्ला अनुसार फरकफरक हुने गरेको छ। तराईका जिल्लाभन्दा हिमाली जिल्लामा बढी हुने गरेको छ।
प्रहरीले सबैभन्दा कम झापामा रासनवापत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए। अब दैनिक १९९ रुपैयाँ १० पैसा पाउनेछन्। त्यस्तै, सबभन्दा बढी रकम हुम्लामा रहेको छ। हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीले दैनिक रासनवापत ८६३ रुपैयाँ ६५ पैसा पाउने गरेका थिए। अब ९५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन्।
यस्तै, काठमाडौँ उपत्यकामा दैनिक रासनवापत २०१ रुपैयाँ पाउँदै आएका थिए। अब काठमाडौँमा कार्यरत प्रहरीले रासनवापत दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउनेछन्।