सोसल मिडिया
युनिकोड
काठमाण्डौं निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार रविन्द्र मिश्र रवि लामिछाने प्रजातीकै अर्को भेरिएन्ट भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र काठमाण्डौ १ मा तेस्रो पटक उम्मेद्वार भएर घरदैलो कार्यक्रममा होमिएकै बेला त्रिपाठीले सो टिप्पणी गरेका छन् ।
एजेण्डा बिहिन, बतासे र उडन्ते उम्मेद्वारका कारण मुलुक दुर्घटनामा पर्ने भन्दै त्रिपाठीले मिश्र, रवि र बालेनजस्ता डरलाग्दा उम्मेद्वाररूपी भेरिएन्टलाई परास्त गर्नुपर्नेमा आम मतदाता समक्ष अपील समेत गरेका छन् ।
विवेकशील साझा पार्टीबाट पहिलो पटक निर्वाचन हारेका मिश्र दोस्रो पटक राप्रपाबाट उम्मेद्वार बनेका हुन् । हरेक विषयको कानूनी मामिलाका जानकार त्रिपाठी राष्ट्रबादी व्यक्तिको ओजिलो परिचय बनाएका वकिल हुन् ।
स्वच्छ आलोचना र विशिष्ठ विश्लेषणमा प्रख्याती कमाएका त्रिपाठीको कानूनी कदमले राज्यलाई टेवा समेत पुगेको छ । सार्वजनिक सरोकारका विषयमा आवाज उठाउँदै निशुल्क कानूनी सहायता उपलब्ध गराउँदै आएका त्रिपाठीले आम मतदातालाई विवेक पुर्याएर मतदान गर्न अपील समेत गरेका छन् ।
प्रजातान्त्रिक पृष्ठभूमिका उनले एजेण्डा र स्पष्ट नीति तथा कार्यक्रम सहित आउने र भाईरल भएका भरमा उडन्ते कुरा गर्ने भेरिएन्टलाई परास्त गर्न समेत अपील गरेका छन् ।