जनकपुरमा बालेनलाई दाहिने पारेर रविले मागे भोट, देब्रे खुट्टामा लागेछ उनैलाई चोट 

मंगलबार, माघ १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केही दिनदेखि त्रिवि शिक्षण अस्प्तालमा खुट्टाको उपचार गरिरहेका छन्। 

चुनावी कार्यक्रममा नदेखिदा सोधिखोजी हुन थालेपछि लामिछानेको सचिवालयले उपचार भइरहेको जानकारी गराएको हो। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको उनका स्वकीय सचिव अविनाश आचार्यले जनाएका छन्। 

खट्टामा सामान्य चोट लागेको भए पनि छालाको भित्री तहमा संक्रमण भएकाले अस्पताल बस्नु परेको उनले बताए। शिक्षण अस्पतालका चिकित्सकको सल्लाहअनुसार, केही अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको उनले जनाएका छन्। 

स्वकीय सचिव आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।’

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्