अर्कै मन्त्रालयकी सचिवलाई अर्थमन्त्रीले बीमा प्राधिकरण जिम्मा लगाए

सोमबार, माघ १२, २०८२

पूर्व सचिव समेत रहेका अर्थमन्त्री रामेश्वर खनालले सचिव चन्द्रकला पौडेलको घुमाउरो पाराले मानमर्दन गरेका छन् ।

सामान्य प्रशासन मन्त्री समेत रहेका खनालले सहसचिवलाई जिम्मेवारी तोकिदै आएको ठाउँमा सचिवलाई म्यादी जिम्मेवारी तोकेर केही हदसम्म मानमर्दन गरेका हुन् ।

आज बसेको क्याविनेटले सामान्य सचिव पौडेललाई बीमा प्राधिकरणको अर्को व्यवस्था नहुँदा सम्मलाई अध्यक्ष तोकेको छ ।

एमाले निकट सचिवलाई बीमामा तह घटुवा शैलीमा पठाईएपछि त्यसलाई अनेक ढंगले हेरिएको छ । प्राधिकरणमा यसअघि अर्थ मन्त्रालयका सहसचिवलाई कामचलाउ अध्यक्ष तोकिने गरेको परम्परा थियो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्