सोसल मिडिया
युनिकोड
प्रधानमन्त्रीका दाबेदारहरूको सार्वजनिक बहस गर्ने चर्चा चलिरहँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहसमा तयार भएको बताएका छन् । उनले आफू बहसका लागि तयार रहेको अभिव्यक्ति शनिबार सार्वजनिक गरेका हुन् ।
ओलीले २०७९ सालमा आफैँले शेरबहादुर देउवासँग बहस गर्न प्रस्ताव गरेका थिए । अहिले सार्वजनिक बहसको चर्चा चलेसँगै ओलीले पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा आफू पनि बहसका लागि तयार भएको बताएका हुन् ।
प्रधानमन्त्रीका दाबेदार मानिएकामध्ये ओली र बालेन्द्र शाह (बालेन) एकै क्षेत्रमा संसदीय उम्मेदवार हुन् भने गगन थापा सर्लाही–४ का उम्मेदवार हुन् । गगन थापा र बालेनले भने प्रधानमन्त्रीको सार्वजनिक बहसका विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।