पन्चायतकालिन गृहमन्त्रीकी छोरीको अमेरिकन ग्रीन कार्ड, उम्मेदवारी फिर्ता

शुक्रबार, माघ ९, २०८२

रुपन्देही क्षेत्र नम्बर २ बाट कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । अमेरिकन ग्रीन कार्ड बाहक थापाले राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी थिइन् । पन्चायतकालिन गृहमन्त्री निरन्जन थापाकी छोरी थापाको उम्मेदवारी दर्तामा स्वयं निरन्जन पनि उपस्थित भएका थिए।

पन्चायतकालमा रुपन्देहीबाट राष्ट्रिय पन्चायतको राजनीति गरेका थापाले छोरीलाई राजनीतिमा स्थापित गर्न खोजेका थिए ।  आफ्नै सहकर्मी दिवङ्गत दीपक बोहोराका २ भाई छोरा रुपन्देही १  र रुपन्देही ३ बाट उम्मेदवार भइरहँदा थापा छोरीलाई ३ बाट उम्मेदवार बनाउन सफल भएका थिए । दीपक बोहोराका जेठा छोरा गौरव रुपन्देही ३ र कान्छो  प्रज्जवल १ बाट उम्मेदवार छन् ।

पन्चायतकालमा लुम्बिनी प्रदेशमा दीपक बोहोरा र निरन्जन थापाको दबदबा यति थियो कि त्यो अहिले कथा जस्तो लाग्ने बताइन्छ । बहुुदल आएपछि पनि दीपक राजनीतिमा सक्रिय भईराखे । २०७९ को निर्वाचनमा कोभिडको कारण घाँटीमा समस्या हुुँदा एक शब्द बोल्न नसकेता पनि तत्कालिन शक्तिशाली गृहमन्त्री बालकृष्ण खाणलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए । उनको मृत्यु भईसकेको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्