प्रदेश र पालिकाको रिक्त तहको चुनाब छ महिना भित्रै हुने निर्वाचन आयोगको भनाई

मंगलबार, माघ ६, २०८२

प्रदेश सभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ।

मंगलबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लाहमा ६ महिनाभित्रै निर्वाचन गरी पदपूर्ति गरिने जानकारी दिए।

उनले प्रतिनिधि सभा निर्वाचनलगत्तै रिक्त स्थानीय तह तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन गरिने बताए।

उनले भने, ‘कतिपय प्रदेश सभा सदस्य र पालिका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको छ। उहाँले निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि निर्वाचन आयोगले सरकारसँग सल्लाह गरेर ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो। पहिले हामी फागुन २१ मा गर्नुपर्ने निर्वाचन सम्पन्न गर्छौं। त्यसपछि खालि भएका पदहरुमा सरकारसँग सल्लाह गरेर निर्वाचन गरेर पदपूर्ति गर्छौं।’ 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्