कांग्रेस सभापति गगन काठमाडौँ-४ छोडेर किन गए सर्लाही-४ ?

मंगलबार, माघ ६, २०८२

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । आज बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए । तर, पहिलोपटक उनी मधेश झरेका हुन् । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्