प्रधानमन्त्री बन्न बालेनले मेयरको कार्यकाललाई लत्याए, आजै राजीनामा

आइतबार, माघ ४, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज  पदबाट राजीनामा दिने तयारी छ ।

दिउँसो २ बजेअघि उनले राजीनामा दिने महानगर श्रोतले बताएको छ। राजीनामा दिएर उनी सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने बुझिएको छ। 

बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामापत्र बुझाउनेछन् । त्यसपछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा होमिनेछन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने उनको तयारी छ । 

०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर ठूलो मतान्तरसहित उनी मेयरमा निर्वाचित भएका थिए । उनले पाँच वर्षे कार्यकाल त्यागेर प्रधानमन्त्री बन्ने गरि प्रतिनिधिसभाको निर्वाचनमा झापा-५ बाट उम्मेद्वारी दर्ता गराउने भएका छ। एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी ओली संग निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्