महिला प्रधानमन्त्रीको मन्त्रिपरिषद् बैठकले दुई महिला सचिवलाई गर्यो साटफेर

शुक्रबार, माघ २, २०८२

चुनावी सरकारको प्रधानमन्त्री सुशीला कार्की सरकारले दुई जना महिला सचिवलाई अदलीबदली गरेको छ। माघ २ गते बसेको  मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवहरू साटफेर गरेको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, सो मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ। निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिन सचिवको सरुवा गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्