मुद्दा मामिलामा समय खेर फाल्न नहुने भन्दै विश्वप्रकाशले सुनाए यस्ता कुरा 

शुक्रबार, माघ २, २०८२

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब मुद्दा, मामिला, कोर्ट, कचहरीमा समय खेर नफाली एकताबद्ध हुन आग्रह गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गरेसँगै प्रतिक्रिया दिँदै शर्माले यस्तो आग्रह गरेका हुन् । "सबैलाई यो नवीन यात्रामा, महान् यात्रामा एकताबद्ध भइदिनका लागि म अपिल गर्न चाहन्छु," शर्माले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेताहरूलाई नवीन यात्रामा एकताबद्ध भएर लाग्न आग्रह गरे । अब मुद्दा, मामिलामा समय खेर फाल्न नहुने शर्माको भनाइ छ ।

"सबैलाई यो महान् अभियानमा मुद्दा, मामिला, आदि, इत्यादी, कोर्ट, कचहरी गरेर समय खेर नफालेर एउटा नवीन यात्रामा जानका लागि सँगसँगै उभिऔँ, सँगसँगै बढौँ । समुन्नत नेपालको लागि बदलिएको कांग्रेस लिएर जाऔँ," शर्माले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्