सोसल मिडिया
युनिकोड
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका छन्।
बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले १ वर्षअघि नै महाधिवेशन गरेर आफूले सबै भ्रम चिरेको समेत बताए।
‘कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए,’ ओलीले भने, ‘एक वर्षअघि नै महाधिवेशन गरेर, हल्लाको भ्रम चिरेरर। शेरबहादुरलाई अहिले जसरी बलजफ्ती निस्काशन भनेर उनीहरुले गरेका छन् नि, त्यस्तै त हाम्रो पार्टीमा पनि त गर्न खोज्या थियो।’
‘कारबाही हुनुपर्छ। जिम्मेवार हुनुपर्छ। यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो,’ उनले थपे।
एक वर्षअघि नै महाधिवेशन गरेर कार्यकर्तालाई फैसला गर्न दिएको पनि ओलीको जिकिर छ। ‘त्यसो भए जनताले फैसला गरुन, कार्यकर्ताले फैसला गरुन भनेर एक वर्षअघि नै हामीले महाधिवेशन गरेर फैसला गर्यौँ,’ उनले भने, ‘यही अवस्था त हाम्रो पार्टीमा पनि आउँदै थियो नि। तर, पार्टी जोगिएको छ। पार्टी एक ढिक्का बनेको छ। महाधिवेशनले एउटा फैसला दिएर टुंग्याएको छ।’
आफूहरू सफल हुनै लाग्दा अप्ठ्यारोमा पार्ने गरिएको समेत ओलीले दाबी गरे। ‘हाम्रो पार्टीकाविरुद्ध जुन षडयन्त्र थियो,जब हामी सफल हुन्छौँ जस्तो लाग्छ, अप्ठ्यारोमा परिहाल्छौँ,’ उनले भने।