औपचारिक रुपमै फुट्यो कांग्रेस, गगन-विश्व निकालिए

बुधबार, पुस ३०, २०८२

सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको केन्द्रीय सदस्य दीपक गिरीले बताए ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्