सोसल मिडिया
युनिकोड
सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार (पुस २८) बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषदका अन्य निर्णय
१. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् दुई हजार चौबिसको वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख तिरासी हजार पाँच सय तीन अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने ।
२. वित्तीय क्षेत्र विकास रणनीति ०८२/०८३ देखि दुई हजार ०८६/०८७ स्वीकृत गर्ने ।
३. सन् २०२५ मार्चमा भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभि- अभिलेखालय पुनर्निर्माण र गङ्गा घाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
४. मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने छ ।
५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने छ ।
६. आगामी माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने गरी संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।