सत्ता र शक्ति केन्द्रीत राजनीतिमा कांग्रेस रुमलिएको भन्दै गगनले ल्याए यस्तो प्रतिवेदन 

सोमबार, पुस २८, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पछिल्लो समय उदेश्यविहीन सत्ता र शक्ति केन्द्रीत राजनीतिमा रुमलिएको बताएका छन्।

सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्ताव गर्दै कांग्रेसले आफ्नो मूल्य-मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको तर पछिल्लो समय शक्ति केन्द्रीत राजनीतिमा रुमलिएको बताएका हुन्।

जसका कारण कांग्रेस हुनुको सान्दर्भिकतामाथि नै गम्भीर प्रश्न उठ्ने परिस्थिति सृजना भएको उनले स्वीकार गरेका छन्। ‘पार्टीका आदर्श, सिद्धान्त तथा मूल्यको राजनीतिलाई तिलाञ्जली दिएर केवल सत्ता र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई एक मात्र लक्ष्य ठान्ने र चुनाव जित्नु नै पार्टीको अन्तिम विजय ठान्ने चरम सत्तालिप्सा र सद्धान्तहीन प्रवृत्तिलाई पुन: अस्वीकार गर्दछौँ’, थापाले भनेका छन्।

विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्