सुशीला सरकारका तीनमहिने मन्त्री कुलमानलाई तीनै मन्त्रालयको संयुक्त बिदाई

बिहीबार, पुस २४, २०८२

सुशीला कार्कीको चुनावी सरकारका तीनमहिने मन्त्री कुलमान घिसिङलाई तीनवटै मन्त्रालयले विदाई गरेका छन । 

संयुक्त रूपमा आयोजना गरेको विदाई कार्यक्रममा निवर्तमान मन्त्री कुलमानले सबैलाई धन्यवाद दिए ।

हिजो राति उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका थिए । त्यो भन्दा पहिल्यै बालुवाटार पुगेर प्रधानमन्त्री लाई राजीनामा पत्र बुझाएका थिए।

आज भौतिक मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मलिन देखिएका कुलमान एकसय १५ दिन मन्त्री भएर थान्को लागेका हुन् । उर्जा, शहरी र भौतिक मन्त्रालयका उच्च तहका कर्मचारीले तीन महिने मन्त्रीलाई उपहार सहित घर पठाएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्