दुई पटक चिप्ल्याईएका घनश्याम बल्ल बनाईए नेपाल सरकारको सचिव

सोमबार, पुस २१, २०८२

मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक घनश्याम पराजुलीलाई सचिवमा बढुवा गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको बढुवा गरेको हो।

लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव) पदमा उनी यसअघि दुई पटक पहिलो नम्बरमा सिफारिस भए पनि उनको बढुवा गरिएको थिएन । 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्