सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ बीचको भेट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको छ। अधिकारी जताततै ठेक्का अलपत्र पारेर चर्चामा आएका शैलुङ कन्स्ट्रक्सनका साहु समेत हुन्। शैलुंगको तीन बर्षे कालोसूची अहिलेसम्म हटेको छैन।
प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत रहेका अधिकारीको घरमा ओली र प्रचण्डले एक घण्टा बढी गफगाफ गरेका थिए।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ शक्तिबीच पार्टी एकता भएसँगै प्रमुख तीन दल कांग्रेस,एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच पनि चुनावी तालमेलका लागि नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ। तर,तालमेलको विषयमा भने टुंगो लागिसकेको छैन।
उनीहरूबीच समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटबारे औपचारिकरुपमा दुवैपक्षले जानकारी गराएका छैन। प्रचण्ड आजै भारत जाँदैछन्। भारत उड्नु अघि उनले ओली भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।