देउवाले रणनीति निर्माणका लागि डाके संस्थापन पक्षका पदाधिकारीको बैठक

आइतबार, पुस २०, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । 

देउवाले पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न आफ्नो पक्षका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै डाकेका हुन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो । 

तर, बैठकमा संस्थापन इतरका पदाधिकारीलाई नडाकिएको संस्थापनइतर पक्षका एक पदाधिकारीले पुष्टि गरे ।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर असोज २८ मा केन्द्रीय कार्यालयबाट उपचारका लागि बिदा लिएका सभापति देउवाले कार्यवाहक फिर्ता लिएका छैनन् । त्यसयता उनी कांग्रेसका बैठकमा पनि सहभागि छैनन् । 

तर, संस्थापनइतरका नेता डा. शेखर कोइरालादेखि महामन्त्रीद्वयसम्मले पनि देउवासँग उनकै निवासमा पटकपटक छलफल गरिरहेका छन् । 

यता, संस्थापन पक्षका कार्यवाहक सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीले देउवाकै सल्लाहमा मात्र काम गरिरहेका छन् । असोज २८ मा कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर गएपछि नटुंगिएको बैठक देउवाकै सक्रियताबाट मंसिर १५ मा टुंगिएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्