सोसल मिडिया
युनिकोड
दुई पूर्व प्रधानमन्त्रीले एक आपसमा आँखा जुधाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको हो ।
ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच सौहाद्र छलफल भएको छ । सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् ।
दुई नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो द्धिपक्षीय भेट हो। प्रचण्ड आजै दिल्ली जाँदैछन । दिल्ली जानुअघि उनले ओली भेटेका हुन् ।