निर्वाचन आयोगको आग्रहपछि लोकसेवाले गर्यो सबै परीक्षा स्थगित

शनिबार, पुस १९, २०८२

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गर्ने भएको छ। 

आयोग स्रोतका अनुसार निर्वाचन आयोगले माघ पहिलो सातादेखि आचारसंहिता लागू गरेको र कर्मचारी निर्वाचनमा खट्नुपर्ने भएकाले माघमा हुने उपसचिव (अप्राविधिक/प्राविधिक) तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। 

लोकसेवा आयोगले गत असोज २९ गते राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखित परीक्षाको मिति माघ १० गतेदेखि २८ गतेसम्म निर्धारण गरेको थियो।

आयोगले यस अगाडि नै अधिकृतस्तरका कर्मचारीलाई जिल्ला छोड्न प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्वाचनमा खटाउनुपर्ने भएका कारण प्रमुख जिल्ला अधिकारीबाट अनुमति नपाई बिदामा निस्कन नपाउने अवस्था रहेको छ।

प्रदेश/जिल्ला निर्वाचन कार्यालयहरूमा शाखा अधिकृत नै माघ ५ गतेदेखि प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको संलग्न हुने भएकाले कार्यालयबाट बिदा लिई लोकसेवा आयोगले लिने परीक्षामा सामेल हुन सक्ने अवस्था नभएपछि कर्मचारीले पनि परीक्षा स्थगित गर्न आग्रह गरेका थिए।  

आयोग स्रोतका अनुसार उक्त परीक्षा फागुन २१ गतेको निर्वाचन, मतगणना, समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा प्रकाशन सम्पूर्ण कार्यसम्पादन भैसकेपश्चात परीक्षा सञ्चालन गर्ने गराउने, व्यवस्थाका लागि लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्