लिचीबारी जग्गाकाण्ड लागेका पूर्वमन्त्री गुप्तालाई थुन्न अदालतको आदेश

बुधबार, पुस १६, २०८२

घुस आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।

बुधबार विशेष अदालतमा बयान दिएका उनका लागि थुनछेक बहस पछि अदालतले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको हो ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्