सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सह सचिव सुरेश न्यौपानेलाई दिइएको छ ।
न्यौपानेलाई पुस १६ गते बुधबारदेखि लागु हुने गरी आयोगको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
ईटहरी अख्तियारमा बसिसकेका न्यौपाने पूर्व गृहसचिव महेश्वर न्यौपानेका सहोदर भाई हुन् ।
अख्तियारका यस अघिका प्रवक्ता राजेन्द्र पौडेलको सचिवमा बढुवा भएपछि प्रवक्ता तोकिएको थिएन ।